रजनीकान्त अभिनित ‘दरबार’को कमाई दुई सय करोड भारु पार

रजनीकान्त अभिनित ‘दरबार’ले वक्सअफिसमा दुई सय करोड भारुको आँकडा पार गरेको छ।

दुई सय करोड भारूको आँकडा पार गर्ने रजनीकान्तको यो पाँचौ चलचित्र हो। यसअघि ‘रोबर्ट’, ‘कबाली’, ‘२.०’ तथा ‘पेटा’ले यो आँकडा पार गरेका थिए।

ए आर मुर्गादोस निर्देशित चलचित्रले विश्वव्यापी रुपमा रिलिजको ११ दिनमा यो कमाइ गर्न सफल भएको हो। चलचित्रले तमिलनाडुबाट मात्रै ८० करोड भारुको कमाइ गरिसकेको छ।

चलचित्रले तेलेगु भाषाबाट २० करोड भारु कमाइ गरिसकेको छ भने हिन्दीबाट ८ करोड कमाएको छ। यस्तै केरला र कर्नाटकाबाट क्रमशः ८ र १९ करोड कमाएको छ।

प्रकाशित मिति: : 2020-01-23 02:58:21

प्रतिकृया दिनुहोस्