बीबीएल: सम्भवतः आफ्नो अन्तिम खेलमा सन्दीप विकेट विहीन!

बिएल संवाददाता

काठमाडाै‌ं

मेलबर्न स्टार्सलाई बिगबास लिग (बीबीएल) क्रिकेटमा एडिलेड स्ट्राइकर्सले जितको लागि १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एडिलेडमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो। 

एडिलेडका लागि जोनाथन वेल्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै वेल्सले ३६ बलमा अविजित ५५ रन बनाएका थिए। त्यस्तै एलेक्स केरीले ३३ रन बनाए। त्यस्तै फिल साल्टले अविजित २३ र जाक वेदरल्डले १५ रन बनाए।

यता माथ्यु सर्टले अविजित १६ रन बनाएका थिए।

मेलबर्नका क्लिन्ट हिन्चिल्फीले ३ विकेट लिए। ग्लेन म्याक्सवेलले १ विकेट लिए।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने विकेट विहीन बने। सन्दीपले ३ ओभरमा २४ रन खर्चिएर विकेट लिन सकेनन्। सम्भवत सन्दीपले अन्तिम खेल भने खेल्न पाउने छैनन्।

माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा हुने विश्व कप लिग–२ लागि उनी नेपाल आउने छन्। सिरिजका लागि अहिले २४ नेपाली खेलाडी पोखरामा बन्द प्रशिक्षणमा छन्। अब अन्तिम टोली छनोट गरिनेछ।

यता अमेरिका र ओमानले भने टोलीको घोषणा गरिसकेको छ। 
 

प्रकाशित मिति: : 2020-01-23 04:15:56

प्रतिकृया दिनुहोस्