एक्काइस हजार अफगान शरणार्थी घर फर्के

Photo By: PA

संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी (आइओएम) ले बिहीबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । उक्त एजेन्सीले सन् २०१९ को जनवरीबाट हालसम्म घर फर्केका शरणार्थीको संख्या दिएको जनाइएको छ । 

यस समयावधिमा २० हजार ९८६ अफगान नागरिक इरानबाट आफ्नो गृह नगर फर्किएका थिए । इरानमा लामो समयसम्म ती अफगान शरणार्थी बेरोजगार भएर बस्नुपरेको पनि आइओएमले जानकारी दिएको छ । त्यस समयमा ९ सय ५० अफगान नागरिक पाकिस्तानबाट आफ्नो गृह नगर फर्किएका आइओएमले जानकारी दिएको छ । 

अफगानिस्तानमा सन् २००१ को अन्त्यमा तालिबानहरु सत्ताबाट बाहिरिएपछि तालिबान लडाकूको रुपमा अफगान सरकारसँग शुरु गरेको लडाई हालसम्म पनि जारी रहेको छ । सोही द्वन्द्वको क्रममा लाखौँ नागरिक मारिएका छन् भने अरु लाखौँजना देशभित्र र छिमेकमा पर्ने देशहरुमा शरण लिन बाध्य रहेका छन् ।  हाल अफगानिस्तानमा पहिलेको तुलनामा केही हदसम्म सरकारको नियन्त्रमणमा रहेको भू–भाग बढेको बताइन्छ । जसका कारण अफगान शरणार्थीहरु पनि आफ्नो घर फर्किने क्रम बढेको बताइएको छ । 

 

प्रकाशित मिति: : 2019-01-25 02:44:09

प्रतिकृया दिनुहोस्