वातावरण संरक्षणमा ध्यान नदिए केही बर्षमै तराई-मधेश मरुभूमिमा परिणत हुन्छ: पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा‍.रामवरण यादवले सम्पूर्ण समुदाय मिलेर वातावरण शिक्षालाई अगाडी बढाउनुपर्ने बताएका छन्।  वातावरण संरक्षणमा ध्यान नदिए केहि बर्षमै तराई-मधेश मरुभूमिमा परिणत हुने भन्दै शिक्षामा जोड दिनुपर्ने बताएका हुन्। 

वीरगञ्जको पिपरामा रहेको नरसिंह माध्यमिक विद्यालयमा आयोजित वृक्षारोपण कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सरकारले सफल रुपमा कार्यान्वयन नगरेको दुखेसो गरे। 'सरकारले चुरे क्षेत्रलाई संरक्षण गर्ने नसक्दा दोहन भएको छ। उनले भने' यसरी नै जथाभावी वन सम्पदाको  दोहन हुँदै गए तराई मधेशको भविष्य विग्रन्छ।'

फरक प्रसगंमा पूर्वराष्ट्रपति यादवले लोकतन्त्र गणतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धिको यात्रामा अगाडी बढाउने दायित्व सम्पूर्ण नेपालीको भएको बताए।  उनले राणा शासन, राजतन्त्र विरुद्धको आन्दोलनपछि मुलुक लोकतन्त्रान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको हुँदा अब समृद्धिको यात्रामा सबै राजनीतिक दल, वर्ग, समुदाय जुटनु पर्ने बताए। 

उनले जनताको लामो समयको त्याग र बलिदानीबाट मुलुकले गणतान्त्रिक संविधान पाएको र सो संविधान प्रति केहि असुन्तुष्टि देखिएको पनि बताए। 'अहिले संविधानमा केहि पक्ष्यले असुन्तुष्टि देखिएका छन्। लामो समयदेखिको त्याग र बलिदानले हामीले संविधान पाएका छौं। यसलाई हामीले संरक्षण गनुपर्छ। यसमा केहि असुन्तुष्टि छ भने समयमै समाधान गर्नुपर्छ।' उनले भने।

यादवले विधिको शासन नै लोकतन्त्र मुल मर्म भएको पनि बताए।  शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा अगाडि बढ्नको लागि सरकारको मुख मात्र ताकेर नबस्न उनले सबैलाई आग्रह समेत गरे।
 

प्रकाशित मिति: : 2020-01-24 11:51:24

प्रतिकृया दिनुहोस्