अमेरिकी सिनेटमा सकियो दोस्रो दिनको महाअभियोग बहस: बहस राम्रै तर स्थिति उही

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी सिनेटमा जारी राष्ट्रपति ट्रम्पविरूद्धको महाअभियोग प्रस्तावमाथिको दोस्रो दिनको सुनुवाई भर्खरै सकिएको छ। दोस्रो दिन पनि हाउस म्यानेजरले राष्ट्रपति ट्रम्पलाई दोषी करार गर्ने तर्क राखेका छन्। तर, यतिका तर्क सुनिसकेपछि पनि कुनै रिपब्लिकन सिनेटरको मन पग्लिएको संकेत भने मिलेको छैन ।

दोस्रो दिनसम्मको सुनुवाई हेर्दा स्थिति जहाँको तँही छ। दुबै पक्ष आ-आफ्नो अवस्थाबाट टसमस भएका छैनन् । तर, कतिपय उदार रिपब्लिकन सिनेटरहरू राष्ट्रपति ट्रम्पले सही तरिका नगरेकोमा चित्त बुझाउँदै गए पनि त्यसका लागि उनलाई हटाउनैपर्ने कारण चाँहि नदेखिरहेको जस्तो देखिएको छ।

सिनेटमा हाउस म्यानेजरहरू रणनीतिक रूपमै लामो प्रस्तुति दिइरहेका छन्। उनीहरूको प्रस्तुतिले डेमोक्रेटको मन जितेको छ, केही रिपब्लिकनलाई द्विविधमा पुर्याएको छ।र,  त्योभन्दा पनि बढी अमेरिकी जनतामा सकारात्मक प्रभाव पारेको जस्तो देखिएको छ।

सिनेटमा सुनुवाइ भैरहेकै बेला गरिएका केही राष्ट्रिय मत सर्भेक्षणहरूले पनि त्यसको संकेत गरेका छन्। उनीहरू ट्रम्पले युक्रेन कार्ड चुनाव जित्नकै लागि खेलेकोमा विश्वस्त भए पनि त्यो अमेरिकाको विपक्षमा नभएको भन्ने मनस्थितिमा पुगेजस्तो देखिएको छ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका मतदाता पनि लगभग त्यही मनस्थितिमा देखिएका छन्। उनीहरू ट्रम्पले व्यक्तिगत फाइदाका लागि गरे पनि त्यो रिपव्लिकनकै फाइदाका लागि गरेकोमा उनीहरू ढुक्क देखिन्छन्। 

अमेरिकी सिनेटमा राष्ट्रपति ट्रम्पविरूद्धको महाअभियोग प्रस्तावमाथिको दोस्रो दिनको बहस सकिएको छ। दोस्रो दिन पनि हाउस म्यानजरले पूरै दिन प्रयोग गरेर आफ्नो तर्क राखेका छन्। अहिलेसम्म राखेका तर्क सबैले राम्रा माने पनि अहिलेसम्म एकजना रिपब्लिकन सिनेटरको पनि मन पगाल्न सकेका छैनन्। 

सिनेटमा शुक्रबार हाउस म्यानेजरहरले आफ्नो पक्ष राख्ने पालो सक्नेछन् । र, शनिबारदेखि राष्ट्रपति ट्रम्पका वकीलहरूले प्रतिवाद सुरू गर्नेछन्। 

उनीहरूले प्रारम्भिक सुनुवाइमा यो प्रक्रिया नै संविधानसम्मत नभएको भनेर बहस गरेका थिए । अब पनि त्यही लाइनमा बहस गर्छन् कि राष्ट्रपतिले युक्रेन प्रकरणमा आफ्ना सम्भावित प्रतिद्वन्दी जो वाइडेनविरूद्ध चालेको कदम सही थियो भनेर वहस गर्छन्?, यसै भन्न सकिने अस्वस्था छैन ।

यस विषयलाई लिएर राष्ट्रपतिका पक्षधरहरू दुई धारमा बाँडिएका छन्। कट्टरपन्थीहरू जो वाइडेनमाथिको छानबीन प्रक्रिया सही भएको पक्षमा वहस केन्द्रीत गर्नुपर्ने पक्षमा देखिएका छन् भने उदारवादी र मध्यमार्गीहरू भने सुरक्षण अवतरणको लागि यो मुद्दा नै संवैधानिक नभएको भनेर सुरूमा राखिएको तर्कमै केन्द्रित हुनुपर्ने बताइरहेका छन् ।

राष्ट्रपति ट्रम्पका वकीलहरूको वहस सकिएपछि सिनेट फेरि पनि केन्द्रीय प्रश्नमा प्रवेश गर्ने छ, साक्षीहरू प्रस्तुत गर्ने कि नगर्ने? 

यो प्रश्नको उत्तर सिनेटको अंकगणितले निर्धारण गर्ने छ। यदि चारजना रिपब्लिकन सिनेटर साक्षी बकाउने पक्षमा उभिए भने मात्र प्रक्रिया त्यसतर्फ जान्छ। तर, अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो अवस्था आउला जस्तो देखिएको छैन।त्यस्तो भयो भने अमेरिकाको इतिहासमै पहिलोपटक साक्षी विनाको महाअभियोग प्रस्तावमाथि बहस र निर्णय हुने छ।

 

प्रकाशित मिति: : 2020-01-24 23:07:59

प्रतिकृया दिनुहोस्