राष्ट्रपतिबाट प्याकुरेलको राजीनामा स्वीकृत

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा शुक्रबार स्वीकृत गरेकी छन्। 

राष्ट्रपति भण्डारीले प्याकुरेलले दिएको राजीनामा शुक्रबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए। 

प्याकुरेलले राजीनामामा भनेका छन्, ‘हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्रा्ष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनुपर्दछ। यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ।

प्रकाशित मिति: : 2020-01-25 05:55:27

प्रतिकृया दिनुहोस्