स्विस स्टार रोजर फेडेरर अष्ट्रेलियन ओपनमा १०० औं जित निकालेका छन्।
३८ वर्षीय फडेरर दुई फरक ग्रान्डस्लाममा १०० जित निकाल्ने पहिलो खेलाडीसमेत बनेका छन्। उनले गतवर्ष विम्बल्डनको कीर्तिमानमा सुधार गर्दै १०१ बाट ११३ पुर्याएका थिए।
शुक्रबार भएको खेलमा अष्ट्रेलियाका जोन मिलम्यानलाई हराएर फेडेरर अन्तिम १६ मा पुगे।
अष्ट्रेलियन ओपनमा ६ पटकको च्याम्पियन फेडेररले मिलम्यानलाई ४-६,७-६ ९७-२०,६-४, ४-६ र ७-६,९-१०,८-० को सेटमा पराजित गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा फेडेररले जित निकाल्न ४ घण्टा ३ मिनेटको समय निकाले।
अब फेडेररले हंगेरीका मार्टोन फुच्सोभिससँग खेल्ने छन्।