सिनेटमा हाउस म्यानेजरको बहस जारी: प्रतिवादमा राष्ट्रपति ट्रम्पको ट्विटर वर्षा

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी सिनेटमा राष्ट्रपति ट्रम्पविरूद्धको महाअभियोग प्रस्तावमाथिको सुनुवाइ जारी छ। सुनुवाईको तेस्रो दिन शुक्रबार डेमोक्रेटिक हाउस म्यानेजरहरू आफ्ना तर्कलाई निस्कर्षतिर लगिरहेका छन्। राष्ट्रपति ट्रम्पले युक्रेन प्रकरणमा शक्तिको दुरूपयोग गरेको भन्दै महाअभियोग लगाएर उनलाई पदबाट हटाउनुपर्ने कोणबाट बहस गरिरहेका छन्।

सिनेटका मेजोरटी नेता मिच मेक्कोनेलले  शुक्रबार डेमोक्रेट म्यानेजरले आफ्नो भागमा परेको २४ घण्टामध्ये बाँकि रहेको सात घण्टा ५३  मिनेटभित्र आफ्ना कुरा राखेपछि सम्भवत: आजको सुनवाई सकिने बताए। उनले शनिबार विहान १० बजेदेखि राष्ट्रपति ट्रम्पका वकिलहरूले आफ्ना तर्क राख्न सुरू गर्ने र यो घण्टौसम्म जारी रहने बताएका छन्। उनीहरूका लागि पनि २४ घण्टा समय नै उपलव्ध हुने छ। 

आइतबार ब्रेक दिइने सिनेटमा सोमबार र मंगलबार पनि ट्रम्पका वकिलहरूले आफ्ना तर्क राख्ने अनुमान गरिएको छ । तर, ह्वाइट हाउसको एक स्रोतले उनीहरूले पूरै २४ घण्टा बहसमा खर्च नगर्ने बताएका छन्।

उनीहरूले प्रारम्भिक सुनुवाइमा यो प्रक्रिया नै संविधानसम्मत नभएको भनेर बहस गरेका थिए । अब पनि त्यही लाइनमा बहस गर्छन् कि राष्ट्रपतिले युक्रेन प्रकरणमा आफ्ना सम्भावित प्रतिद्वन्दी जो वाइडेनविरूद्ध चालेको कदम सही थियो भनेर वहस गर्छन्?, यसै भन्न सकिने अस्वस्था छैन ।

अमेरिकी सिनेटमा राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग प्रस्तावमाथिको सुनुवाइ तेस्रो दिन शुक्रबार पनि जारी छ। डेमोक्रेटिक हाउस म्यानेजरहरू आफ्ना तर्कलाई निस्कर्षतिर लगिरहेका छन् भने राष्ट्रपति ट्रम्प प्रतिवादमा ट्विटर वर्षा गराइरहेका छन्। मध्यान्हसम्ममा उनले ५४ ट्विट गरिसकेका छन्। 

यता, सिनेटमा आफूविरूद्ध बहस चलिरहेकै बेला उता राष्ट्रपति ट्रम्प भने ट्विटरको वर्षा गरिरहेका छन्। शुक्रबार मध्यान्हसम्म उनले ५४ ट्विट गरेका छन् र अधिकांशमा डेमोक्रेट हाउस म्यानेजरको खिल्ली उडाएका छन्। उनले बाराम्बार दोहोर्याइएका तर्कहरूको कुनै अर्थ नभएको बताउँदै कडा शव्दमा निन्दा गरेका छन्। 

सिंगो अमेरिका र अमेरिका जनताको ध्यान सिनेटको वहसतिर तानिएको छ। उनीहरू यो बहसलाई गम्भीरतापूर्वक हेरिरहेका छन्। तर पनि, वर्ड अफ माउथ भने लगभग समान छ, 'जति नै तर्क गरे पनि के गर्ने ? सिनेटको अंकगणितले ट्रम्पविरूद्ध केही गर्न दिनेवाला छैन।' 

प्रकाशित मिति: : 2020-01-25 15:15:00

प्रतिकृया दिनुहोस्