‘पर्यटकीय लजको मापदण्ड पूरा गरेको छैन पानोरमा रिसोर्टले’

सरिता दाहाल

काठमाडौँ
फाइल तस्बिर

चार दिनअघि नेपाल भ्रमणमा आएका आठ भारतीय पर्यटकको मकवानपुरको दामनमा ज्यान गयो। एभरेस्ट पानोरमा रिसोर्टमा हिटरको ग्यासले ‘निस्सासिएर’ भारतीय पर्यटकको मृत्युपछि नेपाल भ्रमणमा आएका पयर्टकको सुरक्षा सवालमा समेत प्रश्न उठेको छ।

होटलमा बास बसेका पर्यटकप्रति होटल व्यवस्थापनको चासो र व्यवस्थापनप्रति आशंका उत्पन्न भएको छ। पर्यटकको ‘निस्सासिएर’ ज्यान गएको सम्बन्धमा कसको कमजोरी थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि, मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानले गुम्म कोठामा हिटर बालेर सुतेको कारण निस्सासिएर पर्यटकको मृत्यु भएको जनाएको छ।

प्रकाशित मिति: : 2020-01-26 00:37:04

प्रतिकृया दिनुहोस्