अलपत्र बन्यो आदिकवि भानुभक्तको जन्मस्थल

स्थानीय सरकार भन्छ– हामीले सकेनौं, केन्द्रले नै गरोस्

तस्बिर : अनलाइनखबर

 आदिकवि भानुभक्त आचार्य देशमा मात्रै होइन, विदेशमा समेत परिचित छन् । रामायणलाई नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाएका यी राष्ट्रिय विभूति युगयुगसम्म बाँचिरहेका छन् । तर, यिनै राष्ट्रिय विभूतिको जन्मस्थल तनहुँको चुँदी रम्घा र उनको नाममा गठन गरिएको भानु जन्मस्थल विकास समिति भने आफैं अलपत्रप्रायः अवस्थामा पुगेको छ ।

भानुभक्त र जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ०५२ मा गठन गरिएको जन्मस्थल विकास समिति विगत २ वर्षदेखि नेतृत्वविहीन अवस्थामा गुज्रिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमातहतमा रहेको समिति संघीय संरचनामा स्थानीय तहको मातहतमा गएपछि यसका दूर्दिन सुरु भएको हो । भानु नगरपालिका–४ मा रहेको आदिकवि भानुभक्त जन्मघर र समिति दुवै अहिले अलपत्र छन् । न त्यहाँ कर्मचारी छन् न त यसको विकासमा कुनै काम नै अघि बढेको छ ।

प्रकाशित मिति: : 2020-01-26 01:13:08

प्रतिकृया दिनुहोस्