अभिनेता विपिनकाे विश्‍वास-एकदिन आफैंले आफैंलाई चिन्‍नेछु

फाइल तस्बिर

फिल्म ‘पशुपति प्रसाद’को ‘भष्मे डन’ पात्र यहीँबाट सुरु भयो विपिनको अभिनय यात्राको युटर्न। दुब्लो पातलो शरीर, तालु खौरिएको क्यान्डिक्रस प्रेमी पात्र, जो कसैका लागि सम्झनयोग्य थियो, प्रिय थियो। अनि फिल्म ‘पशुपति प्रसाद’ जसले एउटा भुइँमान्छेको कथा बोलेको थियो। विपिन फिल्ममा चरित्र अभिनेताका रूपमा मात्र थिए। तर, चर्चा मुख्य अभिनेताको भन्दा कम थिएन। हुनत विपिनले ‘पशुपति प्रसाद’ अघि तीनवटा फिल्ममा काम गरिसकेका थिए। तर, चर्चा भष्मे डनकै बढी चल्यो। त्यसयता विपिनले दश वटा फिल्ममा काम गरिसकेका छन्। चरित्र अभिनेतामा निकै रुचाइएका विपिनको जीवनमा अभिनयका थुप्रै पात्र सफल छन्।

पित्ले डन, गोलदाइ, हरि, फणिन्द्रजस्ता धेरै पात्र चरित्र अभिनेताकै उपज मान्न सकिन्छ। २०७५ र ७६ को ६ महिना बीचमा विपिन अभिनित तीन फिल्म प्रदर्शनमा आए। फिल्म हुन्–‘प्रसाद’, ‘गोपी’ र ‘जात्रैजात्रा’। ३ वटै फिल्ममा विपिन मुख्य अभिनेताका रूपमा चित्रित थिए। तीन फिल्म मध्ये गोपीले दर्शकको मन जित्न सकेन तथापि, प्रसाद र जात्रैजात्राले दर्शकको मन जिते। विपिनको अभिनय रुचाइयो।

प्रकाशित मिति: : 2020-01-26 06:27:23

प्रतिकृया दिनुहोस्