अजयको ‘तानाजी’ बन्याे सन् २०२० मा २०० करोड कमाउने पहिलो चलचित्र

अजय देवगनको चलचित्र ‘तानाजी’ तेस्रो हप्तामा प्रवेश गरेको छ। 

‘तानाजी’ले पहिलो हप्ता ११८‍.९१ करोड र दोस्रो हप्ता ७८‍.५४ करोडको कारोबार गरेको थियो । शुक्रबार ५.२७ करोड कमाएसँगै यसको कारोबार २०० करोडमाथि पुगेको छ । 

‘तानाजी’ सन् २०२० मा २०० करोड कमाउने पहिलो चलचित्र बनेको छ। यो विकेण्डमा चलचित्रले अझै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । ‘तानाजी’मा अजय देवगन, सैफ अली खान र काजोल मुख्य भूमिकामा छन् ।

 चलचित्रको लागत ११० करोड र प्रमोसन तथा प्रिन्ट खर्च १५ करोड गरी कूल बजेट १२५ करोड भएको बताइएको छ । यही शुक्रबार अन्य २ चलचित्र बरुण धवनको स्ट्रिट डान्सर र कंगना रनौतको पंगा पनि रिलिज भएका छन् ।

प्रकाशित मिति: : 2020-01-26 11:14:27

प्रतिकृया दिनुहोस्