देशका विभिन्न स्थानबाट २७ जुवाडे पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं, सिरहा र ललितपुरबाट २७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बानेश्वरस्थित ओमशान्ति चोक डेरा गरी बस्ने गोरखा देउराली गाउँपालिका ५ घर भएका ४३ वर्षीय फुल बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा नगद ७८ हजार ८ सय ५० रुपैयाँ र ६ बुक तास सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

यसैगरी सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चोकस्थित युनिक फोटोकपी पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २७ वर्षीय नरेश झा लगायत ११ जनालाई नगद ९६ हजार २ सय ९० नेपाली रुपैयाँ तथा ४ हजार ८० भारतीय रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

यस्तै ललितपुरको ललितपुर महानगरपालिका १५ बधिग्राम डेरा गरी बस्ने सुनसरी धरान घर भएकी ३० वर्षीय तारा कुमारी कार्कीको  घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की लगायत ८ जनालाई नगद १ लाख ४३ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2020-01-27 02:08:48

प्रतिकृया दिनुहोस्