कसरी पुग्छन् चोरिएका मूर्ति विदेशी सङ्ग्रहालय?

तस्बिर : नेपालन्यूज

अमेरिकाको न्युयोर्कका कला अपराधका प्राध्यापक एरिन एल थोम्पसनले केही दिनअघि एउटा लेखमा नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाको दालास म्युजियम अफ आर्टमा भेटिएको उल्लेख गरेकी थिइन्। यस्तो आकार र महत्त्वको मूर्ति अधिकारीहरूको सहयोगबाट मात्रै मन्दिरबाट निकालिन्छन् र, विदेश पुग्छन्।

उल्लिखित मूर्ति सन् १९८० ताका नेपालबाट बाहिरिएको हो। त्यस ताका भ्रष्टाचार चरम विन्दुमा थियो, त्यसैले यस मूर्ति हराउनुले धेरै कुरा इंगित गर्छ। सन् १९७० देखि १९९० का बीचमा झन्डै २० वर्षमा धेरै मूर्ति चोरिए र, देशबाहिर पुर्‍याइए। भनिन्छ, तत्कालीन राजपरिवारका केही सदस्य पनि यसरी मूर्ति तस्करीमा संलग्न थिए, किनकि यो निकै ठूलो र नाफामूलक व्यापार थियो।

प्रकाशित मिति: : 2020-01-31 00:28:49

प्रतिकृया दिनुहोस्