मौद्रिक नीतिको समीक्षा हुँदै, पुरा होला बैंकर्सको माग ?

संघका अध्यक्ष भन्छन्-हाम्रो माग अनावश्यक खालको छैन

 नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा गर्न गृहकार्य शुरु गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षाका लागि राष्ट्र बैंकमा अर्को सातादेखि छलफल शुरु हुने भएको छ ।

राष्ट्र बैंकको एक उच्च अधिकारीले भने, ‘हामीले मौद्रिक नीतिका लागि आगामी सातादेखि छलफल शुरु गर्दैछौं, धेरै विषयहरुमा छलफल हुनेछ ।’

राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षालाई बैंक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायीहरुले समेत निकै चासो दिएका छन् । नेपाल बैंकर्स संघले त केहि दिन अघि बुँदागत रुपमा केहि व्यवस्थाहरु संशोधनको माग गर्दै लिखित पत्राचार नै गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गरी संघले आफ्ना मागहरु राष्ट्र बैंकसमक्ष प्रस्तुत गरेको थियो । यसकारण पनि बैंकहरुलाई आफ्ना माग पुरा होलान् कि नहोलान् भन्ने विषयमा निकै चासो छ ।

प्रकाशित मिति: : 2020-02-01 01:41:08

प्रतिकृया दिनुहोस्