फागुन दोस्रो साता पोखरामा प्याराग्लाईडिङ वर्ल्डकप–एशियन टुर हुने

पोखरामा फागुन ११ देखी प्याराग्लाइडिङ वर्ल्डकप– एसियन टुर २०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप हुने भएको छ। 

नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र नेपाल प्याराग्लाईडिङ पाईल्टस क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्डकप हुन लागेको हो। ‘स्पोर्टस टुरिज्म’ प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजित प्याराग्लाईडिङ वल्र्डकपले यस अघि पोखरामै दुई पटक प्रि– वल्र्डकप प्याराग्लाईडिङ च्याम्पियनसिप आयोजना भईसकेको छ।

वल्र्डकपमा सहभागि हुने पाईलटले एफएआई (फेडेरेशन एरोनोटिक इन्टरनेशनल) बाट लाईसेन्स प्राप्त प्यारापाईलटले मात्रै सहभागिता जनाउने पाउने प्रतियोगिताका संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए। ‘एफएआईको लाईसेन्स प्राप्त एवं र्याङकिङमा रहेका पाईलटले वल्र्डकपमा सहभागिता जनाउन पाउने छन्।’ 

उनले आईतबार आयोजित पत्रकार सम्मेलनमा बताए। नेपाली सेनाका पाईलट सागर जलारीले प्रतिस्पर्धा गर्ने छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाईडिङ तर्फ चासो दिदैं आएको छ। प्याराग्लाईडिङ वल्र्डकपमा ३० राष्ट्रका १ सय २५ पाईलटको सहभागिता रहने उनले बताए।  नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम तथा चाईनिज ताईपेइबाट पाईलटहरुको सहभागिता रहने उनको भनाई थियो। 

संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाईलटले प्रतिस्पर्धामा सहभागिता जनाउन आफनो नाम दर्ता गरिसकेका छन्। यद्यपी पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण फैलिदैं गएको अवस्थामा चीनका पाईलटको सहभागितामा प्रश्न चिन्ह खडा भएको सन्दर्भमा संयोजक भट्टराईले अहिलेसम्म चीनिया पाईलट आउने कन्फर्म भएको स्पष्ट पारे एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुने छ। 

क्रसकन्ट्रको लागि ७ टास्क पुरा गर्नुपर्छ। फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतिस्पर्धाको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एउटै दिनमा पाईलटले पुरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए। उनी २०१८ मा इण्डोनेसियमा आयोजित एशियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जित्दा कप्तानी भूमिकामा थिए।

वल्र्डकप गर्नको लागि ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको नेपाल हवाई खेलुकद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। प्रत्येक दिनको टास्क पुरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने उनले बताए।

प्रकाशित मिति: : 2020-02-04 01:11:14

प्रतिकृया दिनुहोस्