न जनशक्ति न बजेट, पुलको माग बढ्याबढ्यै

एउटा पुल बनाउन १३ लाख ५० हजार खर्च

 शिव बोहरा

काठमाडौँ

पुल बनाउन न पर्याप्त डिजाइनर छन् न बजेटै। तर हरेक वर्ष सडक विभागमा पुलको मागका चाङ बढिरहेकै हुन्छन्। दबाबले पुल बनाउने काम सुरु त हुन्छ तर समयमा सक्न हम्मे–हम्मे पर्छ। पुल बनाउन सुरु गर्ने, तर समयमै नसकिने समस्या बढेपछि प्रनितिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीसँग गरेको छलफलमा जिम्मेवार अधिकारीले उच्च माग र बजेट अभावलाई मुख्य समस्या देखाए।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार एउटा पुल बनाउन औसत १३ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ। तर आवश्यकभन्दा धेरै पुलको योजना र डिजाइन हुँदा निर्माण कार्यले गति लिन नसकेको उनले बताए।

प्रकाशित मिति: : 2020-02-04 06:38:01

प्रतिकृया दिनुहोस्