समतामूलक समाज निर्माणका चुनौती

भागवत खनाल

काठमाडौँ

नेपालको संविधानले नेपालमा रहँदै आएका सबै प्रकारका विभेद र उत्पीडन यसअघि अंगीकार गरिएको सामन्ती, निरंकुुश केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेको कुरालाई स्वीकार गरेको छ । हाम्रो संविधानले हाम्रो समाजमा रहेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गर्दै विविधतामा एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक धार्मिक, लैंगिक आदि विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

प्रकाशित मिति: : 2020-02-05 00:35:49

प्रतिकृया दिनुहोस्

    समताकुलक समाज निर्माणका मुख्य चुनाैतिहरु

    • एक महिना अगाडि
    • prakash gharti