उहानका नेपाली विद्यार्थी सोधिरहन्छन्, ‘हामीलाई कहिले फर्काउने हो?’, दूतावास भन्छ, ‘थाहा छैन’

नेपाल सरकारले चीनसमक्ष उहानमा रहेका नेपालीको उद्घार योजना प्रस्तुत गर्न नसक्दा उद्धारका लागि अनुमति पाएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेइ प्रान्तको राजधानी उहानबाट उद्धार गरी ल्याइने १ सय ८० नेपालीलाई १४ दिनको लागि छुट्टै स्थानमा राख्ने व्यवस्था मिलाउन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो। उद्धारमा ढिलाइ हुँदा त्यहाँ रहेका नेपाली थप मानसिक तनावमा परेका छन्।

प्रकाशित मिति: : 2020-02-05 00:59:18

प्रतिकृया दिनुहोस्