पूर्वडीएसपी खिउजुविरुद्ध यौन दुर्व्यवहारको आरोप

नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजूविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ। उनीमाथि ललितपुर, महांकालकी २१ वर्षीया युवतीले खिउजुमाथि बलात्कारको आरोप लगाएकी हुन्।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ।

पहिलो गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ। त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनी बताउँछिन्। उनले आफूलाई पैसा मागिदिन्छु, चुपचाप बस भनेर भनेको उनको दाबी छ।

प्रशासनबाट सहयोग नपाएपछि आफू केन्द्रीय मानवअधिकार मञ्चमा पुगेको उनको भनाइ छ। मञ्चका एक अधिकारीले प्रहरीमा उजुरी दिने तयारी भइरहेको बताए। 

प्रकाशित मिति: : 2020-02-05 20:33:14

प्रतिकृया दिनुहोस्