गण्डकी प्रदेश सभाको २ वर्ष : कानून निर्माण सुस्त, संसद्ले पाएन बिजनेश

विजय उत्सव

काठमाडाैं

गण्डकी प्रदेशसभा शुरू भएको बुधवार ठीक २ वर्ष पुगेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष कम कानून निर्माण तर पदाधिकारीलाई गाडी सुविधा दिँदै बित्यो । २०७४ माघ २२ गते पोखरा महानगरपालिका–३ नदीपुरस्थित भवनमा गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।

संसद्को महत्त्वपूर्ण काम कानून निर्माण हो तर प्रदेशसभा शुरू भएको पहिलो वर्ष १९ कानून बनेकोमा दोस्रो वर्ष १२ मात्र कानून बन्न सके । २ वर्षे अवधिमा ३१ विधेयक पारित भएकोमा ५ वटा विधेयक विधायन समितिमा विचाराधीन छन् ।

प्रकाशित मिति: : 2020-02-06 06:41:03

प्रतिकृया दिनुहोस्