किराँत राई सोसाईटी अफ पोर्चुगलले सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार ९ फेब्रुअरी आइतबार पोर्चुगलको लिजवनस्थित टायम आउट हलमा कार्यक्रम गर्न लागिएको हो।
राजेश पायल राई कन्सर्ट एण्ड कल्चर नाम दिइएको कार्यक्रममा पोर्चुगलमा रहेका स्थानीय नेपाली कलाकार पनि सहभागी रहने आयोजकले जनाएको छ।
कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा लगाउने किराँत राई समाजका पदाधिकारीले जानकारी दिएका छन्।