आयोवा डेमोक्रेटिक ककस : बटिजजको साँघुरो अग्रता कायमै, स्याण्डर्स पछ्याउँदै

प्रदीप भट्टराई

डिमोइन्स, आयोवा

पहिलो डेमोक्रेटिक ककसका कारण समाचारको शीर्षकमा रहेको आयोवाको राजधानी डिमोइन्सबाट कान्सास सिटी फर्कदै गर्दा यतिबेला साँंझको ६ बजेको छ। यो अमेरिकी सेन्ट्रल टाइम हो ।

केही समयअघि आयोवा डेमोक्रेटिक पार्टीले पछिल्लो मतगणनाका परिणाम सार्वजनिक गरेको छ। ८६ प्रतिशत प्रेसिङ्ट रिपोर्टिङपछि पनि मेयर पिट बटिजजले साँघुरो अग्रता कायम राखेकै छन्। संख्यात्मक मतमा पछि परे पनि स्टेट डेलिगेट प्रेसिङ्ट मतमा उनी अगाडि रहेका हुन् । 

आयोवाका ८ काउन्टीमध्ये तीनमा बटिजज अगाडि छन् भने बाइडेन, स्याण्डर्स र क्लोबचर एक एक काउन्टीमा अगाडि देखिएका छन्।  दुईवटा काउन्टीमा भने बाइडेन र क्लोबचरले बराबरी मत पाएका छन्। 

उनको मत अहिले केही घटेर २६.७ प्रतिशतमा आएको छ भने उनलाई पछ्याइरहेका स्याण्डर्सले केही मत बढाएर २५.४ प्रतिशत पुर्याएकाका छन्। पाँचकुने प्रतिस्पर्धा देखिएको आयोवा डेमोक्रेटिक ककसमा एलिजावेथ वारेनको १८.३ प्रतिशत, जो बाइडेनको १५.९ प्रतिशत, एमी क्लोबचरको १२.१ प्रतिशत मतका साथ क्रमश: तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्। 

आयोवाका ८ काउन्टीमध्ये तीनमा बटिजज अगाडि छन् भने बाइडेन, स्याण्डर्स र क्लोबचर एक एक काउन्टीमा अगाडि देखिएका छन्।  दुईवटा काउन्टीमा भने बाइडेन र क्लोबचरले बराबरी मत पाएका छन्। 

मतगणना जारी छ। अबेर रातिसम्ममा सम्पूर्ण मत परिणाम बाहिर ल्याउने तयारी भैरहृेको बताइएको छ। आयोवा डेमोक्रेटिक पार्टीको ककस एप्स क्र्यास भएपछि मतपत्रको म्यानुअल गणना भैरहेको छ।

आयोवा ककसमा भएको यो प्राविधिक त्रुटी अन्य राज्यमा दोहोरिन नदिन डेमोक्रेटिक पार्टी लागेको पार्टी अध्यक्षले बताएका छन्। 

 

प्रकाशित मिति: : 2020-02-06 18:31:12

प्रतिकृया दिनुहोस्