आदित्यनारायण र नेहा कक्कडको विवाह पक्का भएको छ। सोनी टीभीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ।
जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन्। भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी– मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’
इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ।
यसबाहेक नेहा कक्कड र आदित्यनारायणले पनि सोसल मिडियामा यसबारे जानकारी गराएका छन्। नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’।
दुबैको परिवार पनि विवाहको लागि मञ्जुरी दिएको छ।
यसअघि उनीहरुका आमाबुवा कार्यक्रममै उपस्थित भएर विवाह हुने पक्का गरेका थिए। दुवैको आमाबुवा सोमा अतिथिका रुपमा आएका थिए।
त्यही बेला नेहाले आदित्यका आमाबुवासँग आर्शिवाद लिएकी थिइन्। उदित र दीपा पनि नेहा कक्कडलाई खुब मन पराउँछन्।
आदित्यले पनि नेहाको आमाबुवासँग आर्शिवाद लिएका थिए।
उदितनारायण रउनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर भएको बताइसकेका छन्।