ललिता निवास जग्गा प्रकरण: ‘देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु’

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा आफूले असहजता महसुस गरेको बताएका छन्।

‘मैले पनि असहजता महसूस गरेको छु! सुर–असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु। तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!’ उनले बिहीबार टुइट गर्दै भनेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ललितानिवास क्याम्पभित्रको !!४ रोपनी सरकारी, सार्वजनिक जग्गा कब्जा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा ! ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। 

मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै आयोगले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको छ।

‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललिता निवास प्रकरणमा अख्तियारको प्रयत्न स्वागतयोग्य छ। तर प्रथम दृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐन कानून र राज्य संयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ। मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिदा।’ उनले लेखेका छन्। 
 

प्रकाशित मिति: : 2020-02-07 01:23:25

प्रतिकृया दिनुहोस्