भारतको उत्तर प्रदेशमा बस दुर्घटना, १० नेपाली घाइते

भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन्।

भारतीय संचारमाध्यमका अनुसार शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो।

हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको संचार माध्यमहरुले जनाएका छन्। समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको बताइएको छ। 

उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ। तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो।
 

प्रकाशित मिति: : 2020-02-07 01:36:24

प्रतिकृया दिनुहोस्