यौन दुर्व्यवहारको आरोप लगेका पूर्वडीएसपी खिउजु फरार

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी दर्ता भएको छ। 

महानगरीय प्रहरी परिसर, ललितपुरको मुद्दा शाखाका एक अधिकृतका अनुसार जिल्ल अदालत, ललितपुरबाट खिउजुलाई पक्राउ गर्न अनुमति लिने तयारी भइरहेको छ।

प्रहरी सेतका अनुसार खिउजु फरार भएका छन्। ‘आफूविरुद्ध उजुरी पर्न लागेको चाल पाएलगत्तै फरार उहाँ फरार भइसक्नु भएको छ। स्रोतले भन्यो ’दुई दिनदेखि उहाँको मोबाइल  ‘स्वीच अफ’ छ।’

यसअघि बुधबार साँझ ५ बजे ललितपुरको महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध किटानी जोहरी दिएकी थिइन्। उनको साँझै पाटन अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन्।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ।

पहिलो गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ। त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनी बताउँछिन्। उनले आफूलाई पैसा मागिदिन्छु, चुपचाप बस भनेर भनेको उनको दाबी छ।

प्रशासनबाट सहयोग नपाएपछि आफू केन्द्रीय मानवअधिकार मञ्चमा पुगेको उनको भनाइ छ।

याे पनि

पूर्वडीएसपी खिउजुविरुद्ध यौन दुर्व्यवहारको आरोप

 

प्रकाशित मिति: : 2020-02-07 03:39:33

प्रतिकृया दिनुहोस्