अमेरिकी महिलाले पढेको स्वस्थानी : पहिले नेवारीमा लेखियो, शिवपार्वती थिएनन्

नेपालका प्रायः सबै हिन्दु परिवारका लागि ‘स्वस्थानी व्रतकथा’को परिचय दिइराख्नुपर्दैन । स्वस्थानीलगायत नाना देवीदेवताहरूका अनेकन कथाहरू ३१ अध्यायमा उनेर एकैजस्तो बनाइएको यो कथा हरेक वर्ष माघ महिनाभरि कतिपय हिन्दू महिलाको दैनिक जीवनको अङ्ग बन्छ । तर, नेपाली ग्रामीण समाजमा यस कथासँग सम्बन्धित परम्परा लोकपि्रय नै रहे पनि शिक्षित समुदायले भने स्वस्थानी व्रतकथा महिलाविरोधी एवं पितृसत्तात्मक भएको आवाज उठाउन थालेको छ ।

हाल अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्ज आजभन्दा करिब २५ वर्ष अगाडि नेपाल आउँदा स्वस्थानी व्रतको परम्परा देखेर अचम्ममा परिन् ।

प्रकाशित मिति: : 2020-02-07 04:10:16

प्रतिकृया दिनुहोस्