नागरिकको लगानी सही ठाउँमा प्रयोग हुनुपर्छ : मुख्यमन्त्री पोखरेल 

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी सही ठाउँमा प्रयोग हुनुपर्ने बताएका छन्।

बिहिबार बुटवलमा भएको शपथग्रहण  कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बनाउनुपर्ने बताएका हुन्।

नेपालीहरु किनमेलका लागि भारतीय बजारमा जाने प्रचलनको अन्त्यका लागि सीमा नाकाका शहरमा व्यावसायिक महल बनाउन आवश्यक रहेको बताउदैं उनले भने, 'अब किनमेलका लागि नेपाली भारत जाने होइन, भारतीय नेपालमा आउने वातावरण बनाउनुपर्छ। 

 राज्यको सम्पत्ति राज्यकै काममा प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाई छ। 'प्रदेश योजना आयोगले लगानी सम्मेलनसँग जोडिएर आयोजना पहिचान गरिरहेको छ', उनले भने, 'त्यो सन्दर्भमा आफ्नो सहभागितालाई परिणाममुखी बनाउन जरुरी छ, यसको अगुवाइ पूर्वाधार विकास प्राधिकरणले गर्नुपर्छ।'

 

प्रकाशित मिति: : 2020-02-07 05:13:39

प्रतिकृया दिनुहोस्