पर्सामा सरूवा भएकी एसपी पन्तले सम्हालिन कार्यभार

पर्सामा सरूवा भएकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले बिहीबार कार्यभार सम्हालेकी छन्।

जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएपछि एसपी पन्तले हिरासत कक्षको निरीक्षण गर्नुको साथै थुनुवाहरूलाई भेटेकी थिइन्। निरीक्षणको क्रममा हिरासतमा अत्यधिक लामखुट्टे भेटिएपछि नियन्त्रणका लागि उनले निर्देशन समेत दिएकी छिन्। 

महिला प्रहरी प्रमुखको रूपमा एसपी पन्तले कार्यभार सम्हालेपछि महिला हिंसा न्यूनीकरण र तस्करी नियन्त्रण हुने पर्सेली जनताले अपेक्षा गरेका छन्। यसअघि उनको सरूवा चितवनमा भएको थियो। सरूवामा विवाद भएपछि प्रहरी प्रधान कार्यालयले उनलाई पर्सामा सरूवा गरेको हो।

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर भने काठमाडौं प्रहरी परिसरमा सरूवा भएका छन्।

प्रकाशित मिति: : 2020-02-07 10:31:12

प्रतिकृया दिनुहोस्