प्रेरणाको दाइजोको घरजग्गा नेपाल ट्रष्ट अन्तर्गत ल्याउन सर्वोच्चकाे आदेश

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्य लक्ष्मी शाहका नाममा रहेको विवादित जग्गा नेपाल ट्रष्ट अन्तर्गत ल्याउन बाटो खुलेको छ । 

संवैधानिक इजलासमा प्रेरणाले संविधानसँग बाझिँने गरी बनाइएको कानुन बदर हुनुपर्ने माग गर्दै परेको रिट खारेज भएपछि नेपाल ट्रष्टलाई सरकारी माताहतमा ल्याउन बाटो खुलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहने संवैधानिक इजलासमा न्यायाधीशहरु मीरा खडका,हरिकृष्ण कार्की, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतले सो दाबी नपुग्ने भन्दै शुक्रबार रिट खारेज गरेका हुन्।

यसअघि सर्वोच्च अदालतले सो जग्गाका बिषयमा दुईपटक फैसला गरिसकेको छ। पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र तत्कालिन न्यायाधीश वर्तमान प्रधानन्यायाधीश राणाले दाईजो जग्गाको पक्षमा फैसला गरेका थिए। पछि पूनरावलोकनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दिपककुमार कार्कीको इजलासले दाइजो नभएर जग्गा लुकाइएको फैसला गरेको थियो ।

तेस्रो पटक प्रेरणाले आफूले बावुबाट २०५८ सालमा नै जग्गा लिएर उपभोग गरिरहेकोले २०६४ सालमा आएर बनेको कानुन निर्देशन गर्न नसक्ने जिकिर गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी थिइन। सर्वोच्च अदालतले आज सो रिटमा कारण देखाउ आदेश पनि जारी नगरी खारेज गरेपछि अब दाइजोको सबै विवाद सकिएको छ । 
 

प्रकाशित मिति: : 2020-02-08 05:35:50

प्रतिकृया दिनुहोस्