बंगलादेशका सेना प्रमुख नेपालको भ्रमणमा

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद आज काठमाडौं आइपुगेका छन्। 

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मलकुमार थापाले स्वागत गरे। बंगलादेशका सेना प्रमुख अहमदले शनिबार टुङ्डिखेलस्थित सैनिक मञ्चको वीर स्मारकमा माल्यार्पण गर्ने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने नेपाली सेनाले जनाएको छ।

भ्रमणको दौरान उनले पोखरास्थित पश्चिम पृतना हेडवाटर तथा केही महत्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

बंगलादेशका सेना प्रमुख अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ। त्यस्तै नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछन्। पाँच दिने औपचारिक भ्रमण पूरा गरी बंगलादेशका सेना प्रमुख अहमद माघ २८ गते स्वदेश फिर्ता हुनेछन्। 

प्रकाशित मिति: : 2020-02-08 11:16:52

प्रतिकृया दिनुहोस्