परिषद्‌बाट स्वीकृति नलिइ ‘हाइड्रो इन्जिनियरिङ’को अध्यापन सुरु, विद्यार्थीको भविष्य अन्योलमा

मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतअन्तर्गतको इन्जिनियरिङ सङ्‌कायले नेपाल इन्जिनियरिङ परिषदसँग स्वीकृति नलिइ चार वर्षदेखि ‘बिई हाइड्रोपावर इन्जिनियरिङ’ अध्यापन गराइरहेको पाइएको छ। सङ्‌कायले मापदण्डअनुसारको कोर्स र ल्याब नै तयार नगरी बिना स्वीकृति १ सय ६६ जनाभन्दा बढी विद्यार्थीलाई पढाइरहेको छ।

हालसम्म पनि परिषद्‌बाट स्वीकृति नलिएको थाहा पाएपछि बिहीबार हाइड्रोपावर इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत विद्यार्थीले क्याम्पस प्रमुख र डिनको कार्यालयमा ताला लगाएका छन्। आगामी असोजमा चौथौ वर्षको पढाइ सकिने, तर ‘सर्टिफिकेट’ नपाउने देखिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रकाशित मिति: : 2020-02-08 11:25:33

प्रतिकृया दिनुहोस्