‘भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रधानमन्त्री ओलीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ।

नेपाल व्यवस्थापन सङ्घको ३९औं राष्ट्रिय सम्मेलनको अवसरमा शुक्रबार राजधानीमा एशियाली व्यवस्थापन संस्थाहरुको संगठन(आमो) द्वारा आयोजित एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो।

संस्थाका सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गरेका थिए।

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल (नेपाल) र शिव कुमार (भारत) लाई प्रदान गरे। 

आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठनको रुपमा रहेको छ। हाल व्यवस्थापन संस्थाको विकास र व्यवस्थापकहरुको क्षमता अभिबृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेशिया, हंगकंग, श्रीलंका, भारत, नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य रहेका छन्।

प्रकाशित मिति: : 2020-02-08 12:02:34

प्रतिकृया दिनुहोस्