काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनायो। १ सय ९१ रनको योगफल पाएको अमेरिकाले साताैं विकेट गुमाएको छ।
नेपालका लागि साताैं विकेट कुशल मल्लले लिएका हुन्। उनले १२ बलमा ३ रन बनाएर खेलिरहेका एल्मोर हचिन्सनलाई २१ औं ओभरको पहिलो बलमा बोल्ड गरेका हुन्।
सुशन भारीले लिएका हुन्। उनले करिमा गोरेलाई १६ औं ओभरको चौथो बलमा पारस खड्काको हातबाट क्याच आउट गराएका हुन्। गोरे २० बलमा १० रन बनाएर आउट भए।
यसअघि सुशनले नै १० औं ओभरको पहिलो बलमा अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गराएका थिए। आउट हुनुपूर्व होमराजले १९ बलमा ५ रन बनाए।
सुशन भारीले १० औं ओभरको पहिलो बलमा अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गराएका हुन्। आउट हुनुपूर्व होमराजले १९ बलमा ५ रन बनाए।
यसअघि नेपालका लागि सन्दीप लामिछाने १ र करण केसीले २ विकेट लिएका थिए।
करण केसीले ज्याभिर मार्शललाई विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गरे। यसअघि करणले नै स्टेभन टेलरलाई दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गराएका थिए।
मार्शलले ४ बलमा २ रन बनाए भने टेलर शून्यमै आउट भए।
यता सन्दीप लामिछानेले एरोन जोन्सलाई एलबीडब्ल्यू आउट गए। जोन्सले ५ रन बनाए। लामिछानेले नै मोनान्क पटेललाई एलबीडब्ल्यू आउट गरे। पटेलले ४ बलमा १ चौकासहित ४ रन बनाए।