बिग बास लिग (बीबीएल) क्रिकेटको उपाधि सिड्नी सिक्सर्सले जितेको छ।
शनिबार भएको फाइनलमा सिड्नीले मेलबर्न स्टार्सलाई १९ रनले पराजित गर्दै उपाधि जितेको।
वर्षाको कारण १२ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीले ५ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो। सिड्नीका जोस फिलिपले ५२ रन जोड्दा जोर्डन सिल्कले अविजित २७ रन बनाए।
मेलबर्नका एडम जाम्पा र ग्लेन म्याक्सवेलले २र२ विकेट लिए।
जवाफी ब्याटिङ गरेको मेलबर्नले १२ ओभरमा ६ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो।
उसका निक लार्किनले ३८ रन बनाए। कल्टर नेलले १९ रन बनाए।
सिड्नीका स्टिभ र नाथन लायनले २र२ विकेट लिए।
यससँगै सिड्नीले दोस्रो पटक बीबीएलको उपाधि जित्न सफल भएको छ । स्मरण रहोस् मोलर्बनबाट नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेलेका थिए। बीचमा विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणत्मक सिरिज खेल्न उनी २ खेल अगाडी नै नेपाल आएका थिए।
उनले नेपालमा रहँदा २ खेल खेलेका छन्। ओमानसँगको सिरिजमा भने उनले कुनै विकेट लिन सकेननु। तर उनले २६ रनको योगदान दिएका थिए। यता अमेरिकासँगको सिरिजमा भने दुई विकेट लिए। तर उनी शून्यमै समेटिए।
अब नेपालले आइतबार ओमानसँग फेरि खेल्नेछ।