आईसीसी विश्वकप लिग–२ अन्तरगत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्यटिङ गरिरहेको नेपालले ३ रन बनाएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा ब्याटिङ गरिरहेको नेपालले १२ ओभरको समाप्तिमा ३२ रन बनाएको हो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १४ रन बनाएका छन्। उनले ३५ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाएका हुन्। यता सुवास खकुरेलले १८ रन बनाएका छन्। उनले ३६ बलमा २ चौका प्रहार गरेका छन्।
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्यटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा ब्याटिङ गरिरहेको नेपालले ओभरमा लाई गुमाएको हो। उनले बल खेल्दै रन बनाएका थिए।
यस खेलबाट तीब्र गतिका बलर कमल सिंह ऐरीले डेब्यू गरेका छन्।
कमल सुरुवाती दुई खेलमा विकेट लिन नसकेका तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा मौका पाएका हुन्। अभिनाशले पहिलो खेलमा ओमानसँग ९ ओभरमा २ मेडन राख्दै ३८ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । त्यस्तै अमेरिकाविरुद्ध २ ओभरमा अभिनाशले १३ रन खर्चेका थिए ।
तीब्र गतिका बलर सोमपाल टोली बाहिर रहेपछि उनको स्थानमा कमलले मौका पाएका थिए । सन् २०१६ मा श्रीलंकामा भएको यू१९ एसिया कपबाट यू१९ यात्रा अघि बढाएका कमलले गत सेप्टेम्बरमा श्रीलंकामानै भएको यू१९ एसिया कप बाट उमेर समुहको यात्रा सकाएका छन् । उमेर समुहमा उनले निरन्तर औसत प्रर्दशन गर्दै आएका छन् ।
तीन दिन अघिमात्र नेपालले ओमानसँग खेल्दै सिरिजको सुरुवात गरेको थियो। पहिलो खेलमा ओमानसँग १८ रनको साँघुरो नतिजामा हारेको नेपालले दोस्रो खेलमा ३५ रनको फराकिलो जित हात पारृको थियो।
लिगको अन्त्यमा शीर्ष तीनमा स्थान बनाउने राष्ट्रले सन् २०२३ को विश्वकप छनोटमा सिधै सहभागिता जनाउने अवसर पाउने छन्। सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो। एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन्।
हालसम्म नेपाल र ओमान एकदिवसीयमा ८ पटक आमने सामने भएका छन्। जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ। पछिल्ला ४ खेलमा नेपाल पराजित छ।
लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ। उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ रन रेटमा ओमानलाई पछि पारेको छ। नेपालले अमेरिकालाई पराजित गरेर जितको खाता खोलेको छ। नेपालले दुई खेलबाट दुई अंक हासिल गरेको छ।