आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्यटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले १५ औं ओभरको पहिलो बलमा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको हो।
ओपनर सुवास १ चौकाको मद्दतमा २२ रनमा खेलिरहेका थिए। सुवासलाई ओमानका मोहम्मद नादेमले आउट पवेलियन फर्काएका हुन्। उनले पहिलो विकेटका लागि ज्ञानेन्द्रसँग ४८ रनको साझेदारी गरे।
ताजा अवस्थामा नेपाल १५.१ ओभरमा एक विकेट गुमाएर ४८ रन बनाएको छ। सुवासको स्थानमा पारस खड्का ब्याटिङका लागि क्रिजमा आएका छन्।