हारेपछि कप्तान मल्लले पत्रकारलाई सोधे– कसरी खेल्नुपर्ने हो?, भन्नुस् न (भिडियाे)

दीप सुवेदी

काठमाडाैं

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पाहुना टोली ओमानसँग दोस्रो पटक पनि निराश बन्यो। 

आइतबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भयाे। पहिलो खेलमा ओमानसँग १८ रनले हार्न पुगेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेकाे थियाे।

शनिबार भएकाे खेलमा अमेरिकाविरुद्द नेपालले सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। नेपालका लागि भरपर्दा मानिएका ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का चल्न नसक्दा नेपालको सुरुवात राम्रो हुन सकेको थिएन। त्यस्तो बेलमा नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए।

कमजोर ब्याटिङ शुरुवात गरेको नेपाल ४९ रनमा ५ विकेट गुमाइसकेको थियो। तर, नेपालका लागि एकदिवसीय क्रिकेटमा डेब्यु अवसर पाएका कुशल र विनोदको जोडिले ८४ रनको साझेदारी पारी खेलेका थिए।

नेपालका लागि एकदिवसीय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेरका कुशलले कीर्तिमानी अर्धशतकसहित ५१ रन बनाए। एकदिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बने।

तर, आइतबार विनोद र ज्ञानेन्द्र मात्रै चले। एक खेल जितेकाे भाेलिपल्टै मैदान उत्रिदाँ ७६ बलमा ६ चौकासहित ज्ञानेन्द्रले ५६ रन बनाए। 

नेपाल नाजुक अवस्थामा रहेको बेला सम्हालेर खेलेका कप्तान ज्ञानेन्दको खेल साँचै उत्कृष्ठ थियो। बल कुरेर हान्ने र बलअनुसारको ‘सर्ट’ खेलेकाले पनि उनले अर्धशतकीय इनिङ खेले।

टस हारेर ब्याटिङ थालेको नेपालले ओमानलाई २ सय ५० रनकाे बलियो लक्ष्य प्रस्तुत गरेपनि सुरुवात निकै सुस्त थियो। ब्याटिङलाई सहयोग पुग्ने पिचमा नेपालले सुरुवाती २० ओभरमा १ विकेट गुमाउँदै मात्रै ८१ रन बनाएको थियो। सुरुवाती १ सय २० बल मध्य नेपालले ७६ बल डटको सामना गरेको थियो।

नेपालले अन्तिम ३० ओभरमा १ सय ६८ रन जोडेको थियो। 

तर, फिल्डिङ र बलिङ कमजाेर हुँदा नेपालले दुई विकेट बाहेक अरु लिन सकेन्।  ओमानविरुद्ध नेपालका कुशल मल्ल र सुशन भारीले समान एक–एक विकेट लिए।

नेपालकाे फिल्डिङ कमजाेर हुँदा यसकाे फाइदा ओमानका अकिब ईल्यासले उठाए। उनले १०८ बलमा १२ चौका र १ छक्का सहित १०९ रन बनाए। यसअघि ३७ रन बनाएर खेलिरहँदा उनी आउट हुने अवस्थामा पुगेका थिए। तर, उनले प्रहार गरेको बल आरिफ शेखले छाडे।

करण केसीको २५ औं ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा प्वाइन्टमा रहेका आरिफ शेखले अकीबको सहज क्याच छोडे। 

फिल्डमा खेलाडीकाे तालमेल देखिएन। सन्दीप लामिछाने र अभिनाश बरम्बार ठोक्किँरहे। यता पारस खड्काले पनि केही गल्ति गरे।

शनिबार अमेरिकाविरुद्द चार विकेट लिएका करण केसी चल्न सकेन। यस्तै ‘गेम चेन्जर’लेग स्पिनर सन्दीप लामिछाने पनि चल्न सकेन्न्। सन्दीप यसअघि पनि ओमानविरुद्दको खेलमा चल्न सकेका थिएनन्। लामिछानेले १० ओभरमा ६५ रन खर्चेपनि विकेट लिन सकेनन्। करणले ९ ओभरमा ४४ रन खर्चिए। डेब्यू गरेका बलर कमल सिंह ऐरीले ४ ओभरमा २९ रन खर्चिए। सुशनले ७.२ ओभरमा ४१ रन खर्चेका थिए। कुनै पनि बलरले राम्रो प्रर्दशन गर्न सकेनन्।

यति हुँदा पनि कप्तान ज्ञानेन्द्र मैदानमा ‘कुल’ थिए। मैदान छाडेको केही समयपछि उनी ‘प्रेश मिट’मा आए। उनले नेपाल हार्नुको कारण ‘ब्याड लक’ भएको बताए। यसैबीच एक पत्रकारले प्रश्न सोधे–‘नेपाल हार्नुको कारण ‘अट्याकिङ’ फिल्डिङ नहुँदा जस्तो हो लाग्दैन्?

उनको प्रश्न सकिन पाएको थिएन कप्तान ज्ञानेन्द्रलाई ‘रिस’उठ्यो। ‘कस्तो ‘अट्याकिङ’ भन्नु भा तपाईंले? अलि बुझ्नो गरि भन्नुस् न।’ उनले अलि रिसको भावमा भने।

पत्रकारले उनको प्रश्नको जवाफ पर्काउँदै भने–‘हामीले सुरुदेखिनै ब्याट्सम्यानलाई दबाव दिन सक्नौं कि? जव ७० बाँकि छँदा स्पिन बलरहरुलाई ‘क्लोज’मा राखेर खेलेको भए जित्थौं कि भनेको।’

उनको जवाफ नसक्दिैँ फेरि कप्तानल ज्ञानेन्द्रले प्रतिप्रश्न गरे ‘कस्तो अलि खुलेर भन्नुस् न। हामी पनि सिक्ने मौका पाउँछौं कि? ७० रन बनाएपछि फिल्डि कस्तो हुनुपर्ने चार जना/पाँच जना कता हुनुपर्ने? क्रिकेटमा सक्छौ/सक्दैनौं भन्ने कुरा हुँदैन। प्रष्ट भन्नुस् न कसरी खेल्नु पर्ने हो? हामीले ‘लास्ट’ ओभरसम्म प्रयास गरेका थियौं। भन्नुस् न कस्तो हुनुपर्ने हो।’

उनको रिस पत्रकारमाथि मरेको थिएन बीचमै नेपालका मूख्य प्रशिक्षक उमेश पटुवालले भने ‘१/२ विकेटले हारेको होइन। ८ विकेटले हारेका हौं। १/२ विकेट हातमा हुँदा ‘प्रेशर’ हुन्छ। धेरै हुँदा होइन्।’

प्रकाशित मिति: : 2020-02-10 08:09:22

प्रतिकृया दिनुहोस्