पाउल स्टर्लिङ इपिएल खेल्न नेपाल आउँदै

चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रुपमा पाउल स्टर्लिङलाई भित्र्याएको छ।

चितवनले सोमबार चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) लागि स्टर्लिङलाई अनुबन्ध गरेको जनाएको छ। गत संस्करण पनि स्टर्लिङले चितवनबाट खेलेका थिए।चितवन टाइगर्सले खेलाउन लागेका स्टर्लिङ दोस्रो टेस्ट खेलाडी हुन्।

यसअघि नै चितवन टाइगर्सले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवंम विकेटकिपर मोहम्मद सेहजादलाई भित्र्याइसकेको छ।

 गत वर्ष चितवन टाइगर्स इपिएलको प्लेअफमा पुग्दा स्टर्लिङको प्रर्दशनले प्रमुख भूमिका खेलेको थियो।

स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन्। गत महिनामात्र उनले आयरल्यान्डलाई वेस्ट इन्डिजसँगको टी-२० अन्तर्राष्ट्रियमा ४ रनको विजय दिलाउन ठुलो भूमीका खेलेका थिए। त्यस खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्काको मद्दतमा ९५ रन बनाएका थिए।

स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टी-१० लिग र इंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका छन्।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन्।
 

प्रकाशित मिति: : 2020-02-11 11:03:02

प्रतिकृया दिनुहोस्