आत्महत्याअघि कामदारले किन गरे मुनाको हत्या ?

गौरव पोखरेल

काठमाडाैं

हरेक साताझैं सोमबार बिहान पनि पूर्वसचिव अर्जुन कार्की पशुपति दर्शनका लागि निस्किएका थिए । सानेपा हाइटमा रहेको निजी निवासबाट प्रदेश–३–०१–०२२ च ०७०९ नम्बरको कारमा ७ बजेतिर निस्किएका कार्की चार घन्टापछि घर फर्किए ।

तर, घरमा प्रवेश गर्नेवित्तिकै देखेको दृश्यले उनलाई अहिलेसम्म अचेतजस्तै बनाइदिएको छ । जब ११:२० मा कार्की घरभित्र छिरेर भर्‍याङ्ग छेउमा पुगे, घरेलु कामदार २२ वर्षीय विजय चौधरीलाई भुइँमा लडिरहेको अवस्थामा देखे ।

भर्‍याङमा चुँडिएको नाइनलको आधा डोरी तुन्दुङ्ग झुण्डिरहेको थियो । बाह्र वर्षको छँदै आफ्नो साथमा राखिएका दाङ घर भएका चौधरीको शव देखेको केहीबेरमै कार्कीको नजर भुइँमा यत्रतत्र छरिएको रगतको टाटामा पर्‍यो । रगतको संकेत पछ्याउँदै जाँदा उनी भान्सासम्म पुगे, जहाँ श्रीमती मुना रगतको आहालमा ढलिरहेकी थिइन् ।

सुरुमा उनले केही सोच्नै सकेनन् । यद्यपि, मुर्छित अवस्थामै प्रहरी कन्ट्रोल १०० मा फोनमा गरे । छिमेकी पनि गुहारे ।

प्रहरी आइपुग्दा मुनाको शरीर चलमलाएजस्तो देखियो । प्रहरीले तुरुन्तै स्टार हस्पिटल पुर्‍याए । तर, अपराधस्थलमै उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे ।

प्रकाशित मिति: : 2020-02-11 11:23:17

प्रतिकृया दिनुहोस्