निर्मला हत्या प्रकरण : आफ्नै छानबिनलाई गलत सावित गर्न प्रहरीको अर्को प्रतिवेदन

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको १८ महिना बित्यो। २०७५ साउन ११ गते पन्तको शव निम्बुखेडा खोला किनारको उखु बारीमा भेटियो। यो डेढ वर्षको अवधिमा छानविनका लागि प्रहरी प्रधान कार्यालयले दुई समिति बनायो। सुरुमा एआइजी धिरु बस्न्यातको नेतृत्वमा र अर्को डीआइजी सुरज केसी नेतृत्वको समिति बनायो। यो बीचमा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पनि समिति बन्यो। तर हालसालै प्रहरी प्रधान कार्यालयले केसी नेतृत्वले बुझाएको प्रतिवेदन स्वीकार गर्दै बस्न्यात नेतृत्वले बुझाएको प्रतिवेदनलाई गलत ठहर गरेपछि यो प्रकरणले फेरि नयाँ मोड लिएको छ। आफैले गरेको पहिलेको छानबिनलाई गलत सावित गर्न नयाँ प्रतिवेदन तयार गरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले थप अनुसन्धानका लागि नयाँ समिति गठन भएको बताउँदै भन्छन्, ‘प्रतिवेदनमा संलग्न प्रहरी कर्मचारीलाई इंगित गरिएको थियो। तर यो पर्याप्त थिएन। त्यसैले फेरि छानबिनका लागि अर्को समिति बन्यो। डीआईजी थापाले अन्नपूर्ण अनलाइनसँग भने ‘त्यही गुनासो समेटनका लागि एउटा समितिले उनीहरुसँग बुझ्यो। त्यसैको आधारमा प्रतिवेदन आएको हो।’ पुरानो प्रतिवेदन नै खारेज भन्ने कुरा के हो भन्ने अन्नपूर्णको प्रश्नमा थापाले भने ‘प्रतिवेदन नै खारेज भन्ने कतै उल्लेख गरिएको छैन्।’ थापाका अनुसार कतिपय कुराहरुमा अवलोकन गर्नुपर्छ भनेर केसी नेतृत्वको प्रतिवेदन आएको हो। तर पुरानो प्रतिवेदन खारेज भएको हल्ला गलत हो।

प्रकाशित मिति: : 2020-02-11 11:53:06

प्रतिकृया दिनुहोस्