दिल्लीमा आम आदमीको शानदार जित, भाजपा ६ सिटमा खुम्चियाे

भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी  (आप) ले मङ्गलबार साँझ ८ः३० सम्ममा ५५ सीटमा विजय भएको छ भने अझै सातमा अग्रता लिएको छ। 
 
कुल ७० सीटको विधान सभामा आपले ५५ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा छ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ। 

दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन। कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो।

निर्वाचनको अन्तिम परिणाम आउन अझै केही समय लाग्ने भारतीय निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।

दिल्लीका मुख्य मन्त्री केजरीवाल विधान सभाका लागि भारी मतले बिजय भएका छन्। आपका केजरीवाले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी (भाजपा) का सुनील कुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गरेको छ।

निर्वाचन आयोगको साँझ नौ बजेसम्मको तथ्याङकमा आपले सबैभन्दा बढी ५३.०६ प्रतिशत मत प्राप्त गरेको छ भने भाजपाले ३८ प्रतिशत मत पाएको छ। कुनै पनि सीट नजितेको कङ्ग्रेसले निकै थोरै चार प्रतिशत पाएको छ। 

प्रकाशित मिति: : 2020-02-12 10:21:33

प्रतिकृया दिनुहोस्