भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा १३ को मृत्यु, ३१ जना घाइते

भारतको उत्तर प्रदेशमा एउटा बस र ट्रक एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा अन्य ३१ जना घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन्। 

उक्त घटना फिरोजाबाद इटावाको सिमाना नजिक आगरा–लखनऊ राजमार्गमा गएराति १० बजेतीर भएको भारतीय प्रहरीले जनाएका छन्। सडकमा पार्क गरिएको २२ व्हील ट्रोला ट्रकमा निजी डबल डेकर बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १३ जना यात्रुको मृत्यु हुनुका साथै ३१ जना घाईते भएका हुन्। 

एसएसपी सचिन्द्र पटेलका अनुसार बसमा ४० देखी ४५ जना सवार रहेका थिए। घाइते सबै यात्रुलाई सैफई मेडिकल कलेज अस्पताल पठाइएको प्रहरीले जनाएका छन्।
 

प्रकाशित मिति: : 2020-02-13 20:14:18

प्रतिकृया दिनुहोस्