दक्षिण अफ्रिकासँग इंग्ल्यान्ड १ रनले पराजित

इंग्ल्यान्ड पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा पाहुना टिम दक्षिण अफ्रिकासँग पराजित भएको छ।

इस्ट लण्डनमा बुधबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो।

इंग्ल्यान्डका जासन रोयले ७० तथा कप्तान इयान मोर्गनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। रोयले ३८ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको योगदान दिएका थिए भने मोर्गनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरि ५२ रन बनाएका थिए।

दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए। एडिले र बेउरन हेन्ड्रीक्सले २र२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। 

उसका टेम्बा बाभुनाले ४३ रन बनाए। उनले २७ बलमा ५ चौका प्रहार गरि ४३ रन बनाएका हुन्। कप्तान क्विनटन डी कक र भान डेर डुसेनले समान ३१/३१ रन बनाए। 
इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए।

पहिलो खेल जितेसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
 

प्रकाशित मिति: : 2020-02-13 21:08:24

प्रतिकृया दिनुहोस्