अझै ‘जनयुद्ध दिवस’ भनिरहने?

भीम भूर्तेल

काठमाडौँ

नेपालमा तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको ‘जनयुद्ध’ ले जनधनको व्यापक क्षति भयो। यससँगै थुप्रै महत्त्वपूर्ण राजनीतिक परिवर्तन पनि भए। २०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको दसवर्षे जनयुद्धले ती परिवर्तनका आधार तय गर्‌‌यो। त्यही ‘विद्रोह’ भनौं या ‘जनयुद्ध’ले नेपालमा गणतन्त्र स्थापना भयो, जुन कल्पना नगरिएको विषय हो। तर, अहिले आएर माओवादी आन्दोलन,विद्रोह, विचारधारा जे भने पनि त्यसलाई अपनत्व ग्रहण गर्ने कुनै वैधानिक शक्ति छैन।

‘माओवाद’लाई अँगालेको सबैभन्दा ठूलो खेमा थियो तत्कालीन विद्रोही माओवादी, जसको कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’। त्यसो त कम्युनिस्ट पार्टीले २०३८ सालतिर ‘माओत्सेतुङ विचारधारा’ सम्म मान्थ्यो। त्यतिखेर ‘माओवाद’ नै भनेर पार्टीले स्वीकार गरेकै थिएन। प्रचण्डले पहिल्यै माओको विचारधारा त्यागिसकेको पार्टीमा लगेर आफ्नो पार्टी मिसाए। उनले ‘हिजो माओवादी साथीहरू बाटो बिराएर भड्केका थिए, फेरि फर्किए’ भन्ने लाइन लिने अध्यक्ष भएको पार्टीसँग मिसाए। त्यसो भएपछि अहिले पनि ‘माओवाद’ भन्ने ठूलो धार त्यहाँ छ।

प्रकाशित मिति: : 2020-02-14 00:46:31

प्रतिकृया दिनुहोस्