प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीलेमाथि छानविन गर्ने भएको छ। आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै संसदको समितिले छानविन गर्ने भएको हो।
उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि छानविन गर्न उपसमितिले सुझाव दिएको हो।
नेकपाका सांसद रेखा शर्मा,नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेको उपसमितिले बिहीबार समिति समक्ष आफ्नो प्रतिवेदन राय सहित बुझाएको हो।