कौसीमा एक प्रेमिल जोडी

पुष्पा केसी

काठमाडाैं

चन्द्रकेशरी राजभण्डारी गएको पुसमा ९१ वर्ष पुगिन्। कृष्णदास राजभण्डारी आउँदो जेठमा ९१ वर्ष पुग्दैछन्। यी दुई जोडी बनेको ७१ वर्ष पुग्यो। हो त, ७१ वर्षदेखि सँगै। उस्तै प्रेम उस्तै साथ। केही खटपट पनि झन् प्रेमिल बनिने मेसो जस्तो।

जाडोमा कौसीमा घाम तापिरहेका भेटिन्छन् उनीहरू। गर्मीमा शीतल हावा चल्ने भएर होला कौसीमै देखिन्छन्। कहिँलेकाहीँ तल बाटोतिर हुन्छन्। प्रायतः सँगै।

कौसीमै बितेका होइनन् ७१ वर्ष। जिन्दगीका उकाली ओराली र हन्डर ठक्कर त छँदै छन्। तर अहिले कौसीमा उनीहरुको ‘देखिने सम्बन्ध’ नियाल्दा अगाडिका वर्षहरु अनुमानमै भए पनि मीठो गरी आँखाअघि आइदिन्छन्।

प्रकाशित मिति: : 2020-02-14 22:00:05

प्रतिकृया दिनुहोस्