विद्युत् उत्पादनमा ऐतिहासिक सफलता, अब चाहिएजति बिजुली

विगतमा नेपालले आफूलाई चाहिनेभन्दा धेरै विद्युत् निर्यात गर्नेछ भन्दा पत्यार गर्ने जनमत कम थियो । भनिन्थ्यो, ‘गफै त होला नि ।’ तर स्थीर सरकार गठन र त्यसले जगाएको मनोबल, उपयुक्त योजना र त्यसको कुुशल कार्यान्वयनले नेपालले नेपालीलाई चाहिएजति बिजुली दिन्छ मात्र होइन नेपाली विद्युत् भारत, बङ्गलादेश र चीनजस्ता छिमेकी राष्ट्रमा पु¥याएर विदेशी मुद्रा आर्जन, पेट्रोलियम आयातको न्यूनीकरण गर्ने अवस्थाको सन्निकट पुगेको देखिन्छ ।

विगतमा पनि ऊर्जा क्षेत्रमा धेरै दीर्घकालीन योजना बने तर ती योजना सुन्दै गर्दा जनता भने घण्टौँ लामा लोडसेडिङ तालिकासँग आफ्नो दैनिकीको तादात्म्य सिर्जना गर्नुपर्ने बाध्यतामै थिए तर अवस्था फेरिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत कम गर्न आग्रह गर्ने गरेको विगत अवस्थाबाट अहिले अबको पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारको छ । यसमध्ये १० हजार आन्तरिक खपत र पाँच हजार मेगावाट विदेश निर्यात गर्ने सरकारको लक्ष्य छ । निर्माण सम्पन्न हुनै लागेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीदेखि वित्तीय व्यवस्थापन भइसकेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना, विदेशी लगानी स्वीकृति पाइसकेको माथिल्लो त्रिशूलीलगायतका आयोजना, निर्माणको तयारीमा रहेको एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण, जलाशययुक्त सुनकोसी, तामाकोसी– ५, माथिल्लो कर्णालीजस्ता पाइप लाइनमा रहेका आयोजनाको अवस्था हेर्दा नेपालमा विद्युत्को कुनै अभाव हुनेछैन ।

प्रकाशित मिति: : 2020-02-16 00:47:57

प्रतिकृया दिनुहोस्