भूकम्पले फेरियो सरोजको पहिचान : रेस्टुरेन्ट व्यवसायीबाट बने सामाजिक अभियन्ता

अजय अनुरागी

काठमाडौँ

सरोज राय अहिले चर्चित अभियन्ताको रूपमा परिचित भएका छन् । जनकपुरधाम उपमहनगरपालिका वडा नम्बर २ स्थायी घर भएका रायले पछिल्लो केही बर्षहरूमा गरेका कामका कारण उनी लोकप्रिय हुँदै गएका छन् । जनकपुरधाममा विख्यात रहेका प्राध्यापक डा.राम स्वार्थ रायका छोरा हुन् उनी । त्यसो त भारतको बिहारबाट स्नातक उत्तीर्ण गरेका सरोजको नाम खासै चर्चामा थिएन । तर २०७२ साल वैशाख १८ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले उनको जीवनको लक्ष्य नै परिवर्तन गरिदियो ।

काठमाडौंको नयाँ बानेश्वरमा सफा ८४ व्यंजन नामको रेस्टुरेन्ट सञ्चालन गरिरहेका रायको जीवनमा पनि उक्त भूकम्पका कारण ठूलै उथलपुथल ल्याइदियो । त्यतिबेला काठमाडौंमै एक जना दिपेश गिरी नामका सामाजिक अभियन्तासँग उनको संगत भएको थियो । भूकम्प पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले दिपेशसँगै उनी पनि गोरखामा राहतका सामग्री बोकेर गएका थिए । त्यसपछि अन्य प्रभावित स्थानहरूमा समेत राहतका सामग्री लिएर पुगेका थिए उनी । चिसोको मौसममा दिपेशसँगै जनकपुर आएर गरीब मानिसलाई कम्बल वितरण गरे । अनि उनको सामाजिक अभियन्ता बन्ने अठोट बढ्दै गयो र आज उनी नेपालमा एउटा सामाजिक अभियन्ताको पहिचान कायम गर्न सफल भएका छन् ।

प्रकाशित मिति: : 2020-02-16 05:09:39

प्रतिकृया दिनुहोस्